Kathmandu Press

निर्वाचन निर्देशन अवज्ञा गर्ने २६ जनालाई कांग्रेसले गरायो सचेत

पार्टीबाट आधिकारिक रुपमा उठेका र पार्टीले समर्थन गरेका गठबन्धनका उमेदवारविरुद्ध उमेदवारी दिने व्यक्ति, उनीहरूका प्रस्तावक तथा समर्थकलाई सचेत गराइएको हो। 
निर्वाचन निर्देशन अवज्ञा गर्ने २६ जनालाई कांग्रेसले गरायो सचेत

काठमाडौं, असार २६ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीको निर्देशनविरुद्ध गतिविधि गर्ने २६ जनालाई सचेत गराउने निर्णय गरेको छ। 

पार्टीबाट आधिकारिक रुपमा उठेका र पार्टीले समर्थन गरेका गठबन्धनका उमेदवारविरुद्ध उमेदवारी दिने व्यक्ति, उनीहरूका प्रस्तावक तथा समर्थकलाई सचेत गराइएको हो। 

Hardik ivf

समितिले उजुरीका आधारमा कैलालीका दुई, डोल्पाका १०, सल्यानका ११, दैलेख, खोटाङ र धनुषाका एक–एकजना गरी २६ जनालाई पार्टी हितविरुद्ध काम नगर्न सचेत गराउने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ। 

समितिले तीनै तहको निर्वाचनमा पार्टी तथा गठबन्धनका उमेदवारविरुद्ध उमेदवारी दिएका, तिनका प्रस्तावक तथा समर्थक बनेर निष्कासनमा परेका ८८ जनाको पुनरावेदन निवेदन केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिएको पनि समितिले जनाएको छ। 

जस अनुसार कोसी प्रदेशबाट १७, मधेस प्रदेशबाट २३, वाग्मतीबाट चार, गण्डकीबाट तीन, लुम्बिनीबाट ३६, कर्णालीबाट चार र सुदूरपश्चिमबाट एकजना गरी जम्मा ८८ जनाको पुनरावेदन निवेदन परेको छ। 

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, असार २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्