२५.८९ अंकले बढयो नेप्से, कारोबार रकममा पनि वृद्धि
५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुग्दा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको काराेबार भयाे ।
काठमाडौं, असार २५ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुगेर रोकिएको छ।
नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार ३१२ स्टकको ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर खरिद विक्री भएको छ।
आज सेन्सेटिभ इण्डेकस ७.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.६७ अंक बढेको छ।
बिहीबार माइखोला हाइड्रो पावरको शेयर मूल्य ६६.६२ रुपैयाँले बढेर प्रतिकित्ता ८८४.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। मान्डु हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँले वृद्धि हुँदै ९३१.७८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
त्यसैगरी समता घरेलु लघुवित्त र भगवती हाइड्रोको शेयर मूल्य पनि क्रमश प्रतिकित्ता क्रमशः ५४.३६ रुपैयाँ र ६६.८५ रुपैयाँले बढ्दै ८३१.३४ र १ हजार ९१.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
एनआरएन इफ्रास्टक्चर, बुटवल पावर कम्पनी, सानीमा बैंक लिमिटेड र सप्तकोशी विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी कारोबार भएको छ। कर्पोरेट डेभ्लप्मेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर सर्वाधिक ९.९२ प्रतिशत घटेर २३४०.४० रुपैयाँ प्रतिकित्तामा अन्तिम कारोबार भएको छ।
यस्तै राप्ती हाइड्रो एण्ड जनरल कन्र्सट्रक्सनको मूल्य ६.४७ प्रतिशतले घटेर ३५७.६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सिन्धु विकास बैंकको शेयर मूल्य पनि ४.३९ प्रतिशितले घट्दै प्रतिकित्ता ८८२.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।