Kathmandu Press

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा फिल्म बन्ने

फिल्मको मूर्हत सटमा व्यवसायी डा. उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो।
क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा फिल्म बन्ने

काठमाडौं, असार २६ : क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा फिल्म ‘क्याप्टेन साब’ बन्ने भएको छ। फिल्म बिहीबार काठमाडौंको गौरीघाटमा शुभमुहूर्त गरिएको हो ।

फिल्मको मूर्हत सटमा व्यवसायी डा. उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गरेका थिए। यो बायोग्राफी फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन्।  

Hardik ivf

पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिका रहनेछ। 

कृष्णबहादुर थापा छायांकन रहने फिल्म काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा खिचिने छ। फिल्म भदौको पहिलो साताबााट फ्लोरममा जाने छ। 

प्रकाशित मिति: १७:१८ बजे, बिहीबार, असार २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्