Kathmandu Press

कुलिङ पिरियड छानबिन समितिले टुंग्यायो कार्यविधि

कार्यविधिका बारेमा समितिले मंगलबारबाट काम सुरु गरेको थियो। समितिले कार्यविधिलाई अन्तिम रूप दिएको छ। 
कुलिङ पिरियड छानबिन समितिले टुंग्यायो कार्यविधि

काठमाडौं, असार २६ : संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियड विवादमा गठित छानबिन विशेष समितिले कार्यविधिलाई अन्तिम रुप दिएको छ।

कार्यविधिका बारेमा समितिले मंगलबारबाट काम सुरु गरेको थियो। समितिले कार्यविधिलाई अन्तिम रूप दिएको छ। 

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा विवाद उत्पन्न भएपछि सोमबार सात सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो। 

समितिमा कांग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा छन्। 

नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन्। 

कार्यविधि तय भएपछि काम कसरी अघि बढाउने भन्ने बिषयको पनि निक्र्योल भएको छ। समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ।

प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, असार २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्