Kathmandu Press

टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक

नेपालले समूहको पहिलो खेल कुवेतसँग अक्टोबर ८मा खेल्नेछ। यस्तै, जापानसँग अक्टोबर १०मा खेल्ने छ।
टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक

काठमाडौं, असार २६ : आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ। 

आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

Hardik ivf

जसअनुसार सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ। जसअनुसार नेपाल समूह बीमा छ। यो समूहमा जापन र कुवेत छन्। यस्तै, समूह एमा मलेसिया, कतार र युएई छ भने समूह सीमा आयोजक ओमान, पपुपा न्युगिनी र सामोआ छन्।  

नेपालले समूहको पहिलो खेल कुवेतसँग अक्टोबर ८मा खेल्नेछ। यस्तै, जापानसँग अक्टोबर १०मा खेल्ने छ।

प्रतियोगिता अक्टोबर ८ देखि १७ अक्टोबरसम्म ओमानमा हुने छ। जसमा समूहका शीर्ष २ टिम सुपर सिक्समा पुग्ने छन्। सुपर सिक्समा प्रत्येक टिमले आफ्नो समूहको टिमबाहेक अन्य ४ टिमँग खेल्ने छ। जसबाट शीर्ष तीन टिम विश्वकपका लागि छनोट हुने छन्। 

नेपाली टिमले छनोटको तयारी भारत, श्रीलंका र अस्ट्रेलियामा गर्ने छ। अस्ट्रेलियामा नेपाली टिमले टप इन्ट टि–२० प्रयोगिता खेल्ने छ। नेपालले छनोटका ठीक अघि युएईमा वेस्टइन्डिजसँग तीनको टि–२० सिरिज पनि खेल्ने छ। 

प्रतियोगितामा नेपाल समूह–२ मा परेको छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन्। 


 

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, असार २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्