बालेनले डाके कार्यपालिका बैठक
मेयर बालेनले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।
काठमाडौं, असार २६ : काठमाडौं महानगरपालिका मेयर बालेन साहले लामो समयपछि कार्यपालिका बैठक डाकेका छन्।
मेयर बालेनले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्। लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि उनले कार्यपालिका बैठक बोलाएका हुन्।
कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समिति र लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने बताइएको छ।
बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ।
प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, असार २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार