Kathmandu Press

नेपाली सेनाले ३ महिनामै बनायो बडीमालिका मन्दिरलाई आकर्षक 

सुदूर पश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४२२० मिटर उचाइमा अवस्थित ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्य अनुरूप नेपाली सेनाले पुननिर्माण सम्पन्न गरेको हो ।
नेपाली सेनाले ३ महिनामै बनायो बडीमालिका मन्दिरलाई आकर्षक 

काठमाडौं, असार २६ : नेपाली सेनाले नेपालकै आस्थाको केन्द्रको रूपमा रहेको बाजुराको बडीमालिका मन्दिर पुनर्निर्माण गरेको छ । 

सुदूर पश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४२२० मिटर उचाइमा अवस्थित ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिरको संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्य अनुरूप नेपाली सेनाले पुननिर्माण सम्पन्न गरेको हो ।

Hardik ivf

२०८१ चैत्र २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण कार्य मिति २०८२ आषाढ २३ गते सम्पन्न भएको नेपाली सेनाले जनाएको छ। पुनर्निर्माणको समयमा समेत श्रद्धालु भक्तजनहरूको लागि मन्दिर निरन्तर खुल्ला रहेको थियो ।

Badimilika-1-1752129209.jpg

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौँ संशोधन सहित) को परिधिभित्र रही पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरा स्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी पुरानो मौलिक स्वरूप अनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिएको छ ।

विभिन्न मन्त्रालय, स्थानीय पालिकाहरु, भक्तपुर तथा ललितपुरका दक्ष कालिगडहरू र स्थानीयहरूको निरन्तर प्रयासमा विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम र निर्माण सामग्री व्यवस्थापनका चुनौती माझ करिब २ महिनामा पुनर्निर्माण कार्य सम्पन्न भएको हो।  

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, असार २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्