Kathmandu Press

निफ्राको हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा

सम्बन्धित ऋणपत्रधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यसको कारोबार गर्न सक्नेछन्। 
निफ्राको हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा

काठमााडौं, असार २६ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले जारी गरेको निफ्रा हरित उर्जा ऋणपत्र आज देखि कारोबारमा आउने भएको छ।

निफ्राले ६ प्रतिशत ब्याजदर रहेको ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६% –२०८८/८९’ नामको ऋणपत्र जारी गरेको थियो। प्रतिकित्ता १ हजार अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निफ्राले नेप्सेमा असार २५ गते सूचीकृत गराएको हो।

सम्बन्धित ऋणपत्रधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यसको कारोबार गर्न सक्नेछन्। 

निफ्राले नेपालमै पहिलो पटक हरित उर्जा ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो। यो ऋणपत्र गत जेठ १८ देखि २५ गतेसम्म निष्कासन गरी जेठ २९ गते बाँडफाँट गरिएको थियो।
 

प्रकाशित मिति: १०:५१ बजे, बिहीबार, असार २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्