Kathmandu Press

नेपालमा आतंकवादसँग सम्बन्धित बलियो संयन्त्र बनाउन आवश्यकः सांसद खनाल

उनले अहिले आतंकवाद कुनै एउटा भूगोलमा भएपनि त्यसको असर संसारभरी नै देखिन थालेको बताए।
नेपालमा आतंकवादसँग सम्बन्धित बलियो संयन्त्र बनाउन आवश्यकः सांसद खनाल

काठमाडौं, असार २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले नेपालमा आतंकवादसँग सम्बन्धित बलियो संयन्त्रहरु बनाउन आवश्यक रहेको बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित पहलगाममा भएको आतंकावादी हमलापछि त्यसको दक्षिण एसियामा के कस्तो असर परेको छ र नेपालले सिक्ने विषय के-के छन् भन्ने विषयमा भएको अन्तरक्रिया कार्यक्रमपछि उनले नेपाल–भारतको खुला सिमानाको काण हमला हुने जोमिख रहेको कारण नेपालले इन्टिलिजेन्स सेयरीङका बलिया द्विपक्षिय संयन्त्रहरु बनाउन आवश्यक रहेको बताए।

Hardik ivf

‘पहलगाममा भएको आक्रमणमा भारतले प्रतिक्रिया दियो। त्यसले गर्दा पनि हामीलाई गम्भीर हुनुपर्ने देखिन्छ । किनकी नेपाल र भारतमा १७ सय किलो मिटर लामो सिमाना छ, यो खुला सिमाना पनि छ। जो पनि जताबाट छिर्न सक्ने अवस्था छ,’ उनले भने, ‘आतंकवादीहरु छिर्ने र नेपाली भूमि प्रयोगगरी भारतमा आक्रमण गर्न थाले भने,त्यस्तो आतंकको सम्भावना नेपालमा पनि हुन सक्छ । त्यसैले हामीले बलियो संयन्त्रहरु आतंकवादसँग सम्बन्धित रहेर इन्टिलिजेन्स सेयरीङका बलिया द्विपक्षिय संयन्त्रहरु बनाउन आवश्यक छ।’

त्यस्तै उनले अहिले आतंकवाद कुनै एउटा भूगोलमा भएपनि त्यसको असर संसारभरी नै देखिन थालेको बताए। विभिन्न देशमा भएका आतंकवादसँग सम्बन्धित घटनाहरुमा नेपाल पनि जोडिन पुगेकोमा उनले चिन्त व्यक्त गरे। 

‘अहिले आतंकवाद कुनै एउटा भूगोलमा भएपनि त्यस्को असर संसारभरी नै देखिन्छ। पहलगाममा घुम्न गएका एकजना नेपालीको मृत्यु नै भयो। गत वर्ष  इजरायलमा भएको घट्नामा पनि १० जना नेपाली विद्यार्थीको मृत्यु भयो,’ उनले भने, ‘आतंकवादसँग सम्बन्धित घटनाहरुमा हामीपनि जोडिएको र जोडिन परेको परिस्थितिमा फसेको देखिन्छ ।’ 
 

प्रकाशित मिति: २०:३७ बजे, बुधबार, असार २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्