Kathmandu Press

भ्रष्टाचार मुद्दालागेका सहसचिव परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

अदालतले मुद्दामा प्रतिबादी रहेका परियारसँग २५ हजार र महानगरका कर्मचारीहरू बसन्त आचार्य तथा नमराज ढकाललाई जनही ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 
भ्रष्टाचार मुद्दालागेका सहसचिव परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौं, असार २५ : विशेष अदालतले काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकिय अधिकृत प्रदीप परियारलाई भ्रष्टाचार मुद्दामा २५ हजार रुपैयाँ धरौटी तारेखमा राख्न आदेश दिएको छ।

बुधबार विशेष अदालतका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त आदेश दिएको हो। 

अदालतले मुद्दामा प्रतिबादी रहेका परियारसँग २५ हजार र महानगरका कर्मचारीहरू बसन्त आचार्य तथा नमराज ढकाललाई जनही ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 

काठमाडौंको सामाखुशी सडक ठेक्कामा दिँदा कम रकम प्रस्ताव गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव परियार लगायतलाई प्रतिबादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

कम रकम बोलकबोल गर्नेलाई ठेक्का नदिई बढी रकम बोलकबोल गर्नेलाई ठेक्का दिएको आरोपसहित अख्तियारले उनीहरुमाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: १९:४८ बजे, बुधबार, असार २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्