Kathmandu Press

काठमाडौं भ्यू टावरको निर्माण नरोक्न उच्चको अन्तरिम आदेश

टावरको निर्माण रोक्ने काठमाडौं महानगरपालिकाको निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्सका तर्फबाट उच्च अदालत पाटनमा रिट दायर भएको थियो। 
काठमाडौं भ्यू टावरको निर्माण नरोक्न उच्चको अन्तरिम आदेश

काठमाडौं, असार २४ : उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण कार्य नरोक्न अन्तरिम आदेश दिएको छ।

उच्च अदालतले बुधबार काठमाडौं महानगरपालिकाको नाममा उक्त अन्तरिम आदेश दिउको हो। टावरको निर्माण रोक्ने काठमाडौं महानगरपालिकाको निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्सका तर्फबाट उच्च अदालत पाटनमा रिट दायर भएको थियो। 

उच्च अदालतका न्यायाधीश प्रकाश खरेलको एकल इजलासले टावरको निर्माण कार्य नरोक्न अन्तरिम आदेश दिएको हो। उच्च अदालतको उक्त आदेशसँगै ठेकेदार कम्पनीलाई निर्माण अघि बढाउने मार्ग खुलेको छ। 

निर्माण कम्पनीले तला थप्न महानगरबाट अनुमती लिएको, नक्सा स्वीकृत भइसकेको र नक्सा स्वीकृती लिँदाको दस्तुर समेत तिरिसकेको आधारमा काम नरोक्न अन्तरिम आदेश भएको हो। 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १२ तलाको निर्माण अनुमती रहेको टावरलाई १९ तलाको अनुमती दिएको भन्दै प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईमाथि छानविन समिति बनाएर कारवाही गरेका थिए।

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, असार २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्