Kathmandu Press

कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री खनाल निष्कासित

कांग्रेस केन्द्रीय अनुशासन समितिले खनाललाई निष्कासन गरिएको पत्र बुधबारै प्रदेश समितिलाई पठाएको छ। समिति संयोजकमा आनन्द प्रसाद ढुंगाना छन्। 
कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री खनाल निष्कासित

काठमाडौं, असार २५ : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासित भएका छन्।

कांग्रेस केन्द्रीय अनुशासन समितिले खनाललाई निष्कासन गरिएको पत्र बुधबारै प्रदेश समितिलाई पठाएको छ। समिति संयोजकमा आनन्द प्रसाद ढुंगाना छन्। 

प्रदेश महामन्त्री खनालविरुद्ध गत २०७९ को आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप छ। कांग्रेस सांसद विनोद चौधरीले खनालले गत निर्वाचनमा खनालले असहयोग गरेको दाबीसहित अनुशासन समिति समक्ष उजुरी दिएका थिए।

समितिमा परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि एक वर्षका लागि निष्कासित गरिएको हो। 

प्रकाशित मिति: १७:२६ बजे, बुधबार, असार २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्