Kathmandu Press

कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी

संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको दोस्रो बैठक जारी छ।
कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी

काठमाडौं, असार २५ : ‘कूलिङ अफ पिरियड’ विवाद सम्बन्धमा छानबिन गर्न बनेको विशेष छानबिन समितिको बैठक जारी रहेको छ। बुधबार सिंहदरबारमा अध्ययन तथा छानबिन विशेष समितिको बैठक जारी रहेको हो।

संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको दोस्रो बैठक जारी छ।

Hardik ivf

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो। यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो।

समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन् । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य छन्।

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ।
 

प्रकाशित मिति: १६:२० बजे, बुधबार, असार २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्