Kathmandu Press

म्याग्दीमा पहिरोले पुरिँदा एक जनाको मृत्यु, एकजना वेपत्ता

बुधबार दिउँसो आएको पहिरोमा परेर लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ। सो पहिरोमा परेर उनको १३ वर्षीय छोरा सरोज वेपत्ता भएका छन्। 
म्याग्दीमा पहिरोले पुरिँदा एक जनाको मृत्यु, एकजना वेपत्ता

म्याग्दी, असार २५ : म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ। 

बुधबार दिउँसो आएको पहिरोमा परेर लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ। सो पहिरोमा परेर उनको १३ वर्षीय छोरा सरोज वेपत्ता भएका छन्। 

घरनजिकै बारीमा गएका बाबु–छोरा पहिरोमा परेको थिए। प्रहरीको टोलीले वेपत्ता बालकको खोजी गरिरहेको छ। 

पहिरोले स्थानीय कुलबहादुर बुढाको गोठ बगाउँदा एक हल गोरु बगाएको छ।

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, असार २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्