Kathmandu Press

सहकारीलाई करीब पौने ३ अर्ब बजेट व्यवस्थापन गरिसकेका छौँ : मन्त्री अधिकारी 

उनले समस्या ग्रस्त सहकारीहरुका लागि उक्त बजेटको व्यवस्थापन गरेको बताएका हुन्। कार्यक्रममा बोल्दै उनले २३ वटा सहकारीहरुलाई समस्या ग्रस्त सहकारी धोषणा गरिएको र अरुपनि छिटै समस्या ग्रस्त धोषणा गर्ने तयारीमा रहेको बताए।
सहकारीलाई करीब पौने ३ अर्ब बजेट व्यवस्थापन गरिसकेका छौँ : मन्त्री अधिकारी 

काठमाडौं, असार २५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीहरु लाई करीब पौने ३ अर्ब जति बजेट व्यवस्थापन गरेको बताएका छन्। 

बुधबार कर्जा असुली न्यायाधिकरणको उद्घाटन समारोहमा बोल्दै उनले समस्या ग्रस्त सहकारीहरुका लागि उक्त बजेटको व्यवस्थापन गरेको बताएका हुन्। कार्यक्रममा बोल्दै उनले २३ वटा सहकारीहरुलाई समस्या ग्रस्त सहकारी धोषणा गरिएको र अरुपनि छिटै समस्या ग्रस्त धोषणा गर्ने तयारीमा रहेको बताए।

Hardik ivf

उनले केही समय अघिमात्रै कतिपय सहकारी पिडितहरुलाई राहत दिनुका साथै उनिहरुको पैसा फिर्ता गरेको समेत बताएका छन्। सहकारी बिग्रियो भन्दापनि सहकारीलाई हौसला दिएर अगाडी बढाउनु पर्नेमा जोड दिंदै उनले नयाँ गठन भएका समितीहरुलाई प्रेरणा प्रदान गरेर छिटो छरितो ढंगबाट सिध्याउन आवश्यक रहेको समेत बताए। 

‘२३ वटा सहकारीहरुलाई समस्या ग्रस्त सहकारी घोषण गरेका छौं, अर्को पनि छिटै समस्या ग्रस्त घोषणा गर्ने तयारीमा रहेको छौँ। केही समय अघिमात्रैकेहि सहकारी पिडितहरुलाई राहत दिनुका साथै उनिहरुको पैसा फिर्ता दिने काम गरेका थियौं,’ उनले भने, ‘यस वर्ष पौने तीन अर्ब बराबर रुपैयाँको व्यवस्थापन गरिसकेको थियौं। त्यसमा ७ देखि ८ हजार मान्छेले मुक्त पाएका छन्। यस्बाट रकम प्रप्त गरेका छन्, यो भनेको उपलब्धि हो। हाम्रो जतिपनि सम्बन्धित निकायहरु छन् ति सबैले आआफ्नो तरिका बाट काम गरिरहेको छ।’


 

प्रकाशित मिति: १६:०३ बजे, बुधबार, असार २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्