Kathmandu Press

सोबिताकाे बचाउ गर्दै स्वर्णिमले भने– उहँँकाे प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो

बुधबार संसद भवनबाहिर उनले गौतमले उठाएको कुरा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा नभइ त्यहाँ गएका अन्य सयौं नेपालीका बारेमा भएको भन्दै यसमा स्पष्ट हुन आवश्यक रहेको बताए। 
सोबिताकाे बचाउ गर्दै स्वर्णिमले भने– उहँँकाे प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो

काठमाडौं, असार २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सोबिता गौतमले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौं नेपालीका बारेमा मात्र प्रश्न उठाएको बताएका छन्।

बुधबार संसद भवनबाहिर उनले गौतमले उठाएको कुरा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा नभइ त्यहाँ गएका अन्य सयौं नेपालीका बारेमा भएको भन्दै यसमा स्पष्ट हुन आवश्यक रहेको बताए। 

Hardik ivf

‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौं नेपालीका बारेमा सोबिताज्यूले कुरा उठाउनु भएको हो,’ उनले भने, ‘प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा उहाँले बोल्नु भएको छैन। यसमा स्पष्ट हुन आवश्यक छ।’ 

बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्ति नबुझेर अपव्याख्या भएको भन्दै एमालेका सांसदहरुले प्रश्न उठाएका थिए। 
 

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, असार २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्