Kathmandu Press

आफ्नै ससुराको चक्कु प्रहार गरी हत्या गर्ने ज्वाँइ पक्राउ

महासेठ मंगलबार धनुषाको जनकनन्दनी गाउँपलिका वडा नं.४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
आफ्नै ससुराको चक्कु प्रहार गरी हत्या गर्ने ज्वाँइ पक्राउ

जनकपुर, असार २५ : गत बुधबार जनकपुरधाममा ६५ वर्षीय बासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँई ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो। 

Hardik ivf

महासेठ मंगलबार धनुषाको जनकनन्दनी गाउँपलिका वडा नं.४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको भुँडी (पेट) लगायत शरिरका अन्य भागहरुमा ४÷५ पटक चक्कु प्रहार गरी फरार भएका थिए। घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ।

घटना सम्बन्धि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको  । मृतक साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहका काका नातामा पर्थे।
 
प्रकाशित मिति: १५:३४ बजे, बुधबार, असार २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्