Kathmandu Press

संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौंला

सांसद बर्तौलाले खेतीबारीको सिजन भएकोले मल र खाद्यको समस्या भएको भन्दै यसको प्रवन्ध गरिनुपर्ने बताए। 
संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौंला

काठमाडौं, असार २५ : नेकपा एमालेका सांसद महेश बर्तौंलाले संसदमा केही सांसदहरुले निजी प्रचारको लागि हावादारी कुरा गरेको भन्दै आक्रोश पोखेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा जथाभावी र हावादारी क्रियाकलापहरु हुँदै आइरहेको बताए।

Hardik ivf

‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरुले असाध्यै गलत कुराहरु व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यसप्रकारको जथाभावी र हावादारी क्रियाकलाप गरेर जहिल्यैपनि, हरेक दिन र हरेक बैठकमा गलत र दुषित समाचार सम्प्रेषणको स्रोत यो संसद् बनाउन खोजिँदैछ, यसतर्फ म सिंगो हाउसको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु,’ उनले भने। 

सांसद बर्तौलाले खेतीबारीको सिजन भएकोले मल र खाद्यको समस्या भएको भन्दै यसको प्रवन्ध गरिनुपर्ने बताए। 

उनले सिंगो देश मलको समस्यामा रहेकोले मलको व्यवस्थापन गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १५:१० बजे, बुधबार, असार २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्