Kathmandu Press

त्रिविको उपकुलपतिमा प्राडा अर्याल नियुक्त 

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
त्रिविको उपकुलपतिमा प्राडा अर्याल नियुक्त 

काठमाडौं, असार २५ : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन्।

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

यसअघि शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो।

उनीहरू मध्येबाट प्रधानमन्त्री ओलीले अर्याललाई नियुक्त गरेका हुन्। अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख समेत हुन्। 

गत बर्षको चैत १५ मा प्रा.डा.केसरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि त्रिविमा सो पद रिक्त रहँदै आएको थियो।


 


 

प्रकाशित मिति: १३:४७ बजे, बुधबार, असार २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्