नेपाल सरकार र आन्दोलनरत चिकित्सकका प्रतिनिधिबीच मन्त्रालयमा वार्ता
वार्तामा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी छन्।
काठमाडौं, असार २४ : नेपाल सरकार र आन्दोलनरत चिकित्सकका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको छ।
वार्तामा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी छन्।
आन्दोलनरत चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्षसहित चिकित्सकहरूसँग सम्बन्धित विभिन्न पेशागत संगठनका प्रतिनिधि समेत सहभागी छन्।
उपभोक्ता अदालतको फैसलाप्रति आपत्ति जनाउँदै चिकित्सकहरू सोमबारदेखि आकस्मिक बाहेकका सेवा रोकेर आन्दोलनमा उत्रिएका छन्।
मंगलबार पनि चिकित्सकहरु माइतीघर मण्डलामा प्रर्दशनमा उत्रिएका थिए। नेपाल चिकित्सक संघको अगुवाइमा आन्दोलन चलिरहेको छ।
प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार