Kathmandu Press

यातायात र जनजीवन सहज बनाउने तर्फ लाग्न मन्त्री दाहालको निर्देशन

अझै मनसुन जारी रहने तर्फ ध्यान दिँदै संरचनाहरुको सुरक्षा र क्षति भएका संरचनाको अस्थाई र स्थाई पुननिर्माणको योजना बनाउन उनले निर्देशन दिए। 
यातायात र जनजीवन सहज बनाउने तर्फ लाग्न मन्त्री दाहालको निर्देशन

काठमाडौं, असार २४ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरुको पुननिर्माणको प्रकृया अघि बढाउन निर्देशन दिएका छन्। 

क्षति भएका स्थानमा तत्काल अध्ययन गरि अल्पकालिन र दिर्घकालिन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिएका हुन्।

Hardik ivf

भोटेकोशी नदीले पु¥याएको क्षतिको अध्ययन गरि यातायात सहज बनाउने तर्फ लाग्न समेत उनको निर्देशन छ। अझै मनसुन जारी रहने तर्फ ध्यान दिँदै संरचनाहरुको सुरक्षा र क्षति भएका संरचनाको अस्थाई र स्थाई पुननिर्माणको योजना बनाउन उनले निर्देशन दिए। 

नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरि जनजीवन र यातायात सहज बनाउने तर्फ जनशक्ति र श्रोत–साधन परिचालन गर्न उनले निर्देशन दिएका हुन्। 

बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण थप हुन सक्ने क्षतिलाई मध्यनजर गरेर वर्षायाम भरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि सम्वद्ध निकायहरुसँग समन्वय थप बलियो बनाउन मन्त्री दाहालले बताए। 

सो सडक बाहेक अन्य सडकहरुमा समेत ध्यान दिई सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरि जनशक्ति, औजार, उपकरण तथा जनशक्ति परिचालन गर्न उनको निर्देशन छ।

प्रकाशित मिति: १९:१६ बजे, मंगलबार, असार २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्