रसुवामा आएको भिषण बाढीका कारण ७ जनाको शव फेला
बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिका रहेको प्रहरीले जनाएको छ।
काठमाडौं, असार २४ : लगातारको वर्षापछि रसुवामा आएको बाढीका कारण हालसम्म ७ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण अहिलेसम्म हराइरहेका छन्। हालसम्म ५५ जनाको सकुशल उद्धार गरिएको छ।
बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिका रहेको प्रहरीले जनाएको छ।
भिषण बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ भने ईभी चार्जिङ स्टेशन पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जाएको छ।
यस्तै, भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा पनि क्षति पुगेको छ । रसुवागढी हाइड्रोपावरको ड्याम समेत क्षतिग्रस्त बनेको छ। गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ । प्रहरीले जनाए अनुसार उक्त सडकखण्ड चर्किएको छ । धुन्चेदेखि टिमुरेसम्म सवारी आवागामन ठप्प बनेको छ।
