Kathmandu Press

गभर्नरविरुद्ध दायर रिटमा सर्वोच्चबाट आजै आदेश आउने 

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासमा मंगलबार वहश सकिएसँगै अन्तरिम आदेशको टुंगो लाग्ने भएको छ।
गभर्नरविरुद्ध दायर रिटमा सर्वोच्चबाट आजै आदेश आउने 

काठमाडौं, जेठ २४ : नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलको योग्यता विवादमा दायर रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ। 

न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासमा मंगलबार वहश सकिएसँगै अन्तरिम आदेशको टुंगो लाग्ने भएको छ। पौडेल गत जेठ ६ मा नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए। 

डा.पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै नियुक्ति बदरको माग राखेर अधिवक्ता अनन्तराज लुइँटेल समेतले सर्वोच्चमा रिट दायर गरेका हुन्। 

नियुक्ति बदरको माग सहित तत्काल गम्भीर विषयको निर्णय समेत गर्न नपाउने गरी नोटमा हस्ताक्षर गर्न रोक लगाउन समेत रिट निवेदकले अन्तरिम आदेशको माग गरेका छन्। 

प्रकाशित मिति: १६:१९ बजे, मंगलबार, असार २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्