Kathmandu Press

विपद प्रभावितको उद्धार गर्न सांसदहरुको माग

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गरे।
विपद प्रभावितको उद्धार गर्न सांसदहरुको माग

काठमाडौं, असार २४ : सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन्र 

प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गरे।

Hardik ivf

सांसद वर्षमान पुनले मनसुनजन्य विपदको तयारीमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए। उनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक रोकिएकामा जिज्ञासा राखे।

सांसद  डिगबहादुर लिम्बुले वार्षतको समयमा किसानले रासायनिक मलको अभावमा खेतीपाती गर्न समस्या भए पनि राज्यले उचित प्रबन्ध गर्न नसकेको बताए। सांसद दीपा शर्माले देशभर प्राकृतिक विपदका कारण जनधनको क्षति भएको विवरण पेश गर्दै राहत तथा उद्धारको उचित प्रबन्ध गर्न माग गरे। 

सांसद प्रेम सुवालले बाढी र पहिरोका कारण रसुवागढीमा भएको जनधनको क्षति बारेमा यर्थाथ जानकारी गराउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराए। सांसद तारा लामा तामाङले रसुवामा आज आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिन्। 

सांसद दामोदर पौडेलले सरकारले सुन चाँदी व्यवसायीले विलासिता कर हटाउन राखेको मागको उचित सम्बोधन गर्न आग्रह गरे। 

यस्तै, सांसदहरू दुर्गा राई, नागिना यादव, नारायणप्रसाद आचार्य, नारायण शर्मा, निर्मला कोइराला, पूर्णबहादुर घर्ती, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रेमबहादुर आले र वासुदेव घिमिरेले पनि मनसुनजनय घटनामा बृद्धि भएकाले जनधनको क्षति हुन नदिन आपतकालीन उद्धार तथा राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए। 

आकस्मिक समयमा बोल्दै सांसद विश्वप्रकाश शर्मा, सांसद देवेन्द्र पौडेल, सांसद अर्जुननरसिंह केसी, सांसद ईश्वरबहादुर रिजाल, सांसद विमला सुवेदी, सांसद प्रकाशशरण महत, सांसद सीता मिजार र सांसद डा. अमरेशकुमार सिंहले रसुवामा आएको भीषण बाढीमा परेकाहरुको उद्धारमा ढिलाइ नगर्न आग्रह गरे। 

प्रकाशित मिति: १५:४९ बजे, मंगलबार, असार २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्