Kathmandu Press

जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग

शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेकोजस्तै भिजिट भिसामा पनि छानबिन समिति गठन हुनुपर्ने भन्दै संङख्याको आधारमा नभएर अपराधको आधारमा समिति बनाउन माग राखे।
जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग

काठमाडौं, असार २४ : विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन माग गरेका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जिबी राईलाई सरकारले नै लुकाएको आरोप लगाउँदै तत्काल फिर्ता ल्याउन माग गरेका हुन्।

उनले यसअघि राईलाई पक्राउ गरेर ल्याउछु भन्ने गृहमन्त्रीले त्यसतर्फ चासो नदेखाएको बताए।

शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेकोजस्तै भिजिट भिसामा पनि छानबिन समिति गठन हुनुपर्ने भन्दै संङख्याको आधारमा नभएर अपराधको आधारमा समिति बनाउन माग राखे।

‘जिबी राई कहाँ छन, राईलाई अहिलेको सरकारले कति अर्बमा डिल ग¥यो?,’ ’हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ,’ उनले भने, ‘जिबि राई चाहियो यहाँ। नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ । सहकारी छानबिन समिति बनाए जसरी नै सहकारी छानबिन समिति हामीले बनाएका थियौं।’ 

प्रकाशित मिति: १५:३० बजे, मंगलबार, असार २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्