राप्रपा र रास्वपाले गर्यो संसद् बैठक बहिष्कार
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ।
काठमाडौं, असार २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार पनि संसद् बैठक बहिष्कार गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ।
सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ। तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छै ।
त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको ।
प्रकाशित मिति: १५:३७ बजे, मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
