Kathmandu Press

‘रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस्’ 

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै मंगलबार शर्माले वर्षायामसँगै गम्भीर घटना हुन थालेको भन्दै सरकार सचेत हुनुपर्ने बताए।
‘रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस्’ 

काठमाडौं, असार २४ : नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले रसुवाको लेन्दे नदीमा आएको बाढीले पु¥याएको क्षतिपछि उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। 

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै मंगलबार शर्माले वर्षायामसँगै गम्भीर घटना हुन थालेको भन्दै सरकार सचेत हुनुपर्ने बताए। उनले बाढी जलवायु परिवर्तनको कारण हो कि के हो यसतर्फ पनि ख्याल गर्ने समेत बताए। 

Hardik ivf

‘रसुवाको लेन्दे नदीमा १८ बढी बेपत्ता, नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । एक सय बढी कन्टेनर गाडी बगाएको दुःखद् खबर आएको छ। जल्दै गरेको चितासहितको लास बगाएको मार्मिक घटना सार्वजनिक भएको छ,’ शर्माले भने। 

‘नेपालले प्राकृतिक विपत्ति व्यहोर्दै आएको छ। असोज १२ मा पनि विपत्ति बेहो¥यौं। घटनापूर्व विपत्को सामना गर्ने तयारी सरकारले गरोस्,’ उनले भने, ‘बाढी जलवायु परिवर्तनको कारण हो कि के हो, के यसतर्फ पनि ख्याल गर्नुपर्छ।’ 

प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, असार २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्