Kathmandu Press

अभियान्ता सुन्दासलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा’ पुरस्कार

मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै सुन्दासलाई सो पुरस्कार प्रदान गरेको हो। 
अभियान्ता सुन्दासलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा’ पुरस्कार

काठमाडौं, असार २४ : तीन दशकदेखि सामाजिक न्यायका क्षेत्रमा क्रियाशील अभियान्ता पदम सुन्दासलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिएको छ।

मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै सुन्दासलाई सो पुरस्कार प्रदान गरेको हो। 

एक कार्यक्रमबीच सुन्दासलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरे। पुरस्कारको राशी १ लाख १० हजार रुपैयाँ छ। 

Photo-(23)-(4)-1751967083.jpg

सुन्दासले २०७४ देखि ७८ सम्म ४ वर्ष बहराइनका लागि नेपालको राजदुत रहेर काम गरेका थिए।

उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका छन्। सुन्दासले २०७२ सालमा दलितमैत्री संविधानको लागि तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका समेत निर्वाह गरेका थिए। 

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, असार २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्