सत्ता साझेदार एमाले–कांग्रेसका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमाले र कांग्रेस नेताहरूबीच भेटवार्ता भएको हो।
काठमाडौं, जेठ २४ : सत्ता साझेदार दल एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच मंगलबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमाले र कांग्रेस नेताहरूबीच भेटवार्ता भएको हो।
छलफलमा प्रधानन्त्री ओली, कांग्रेस सभापति देउवाका अतिरिक्त कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी थिए।
छलफलको बिषय भने बाहिर आउन सकेको छन्।
प्रकाशित मिति: १४:४४ बजे, मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार