Kathmandu Press

कांग्रेसले प्रदेश सरकारसँगको असमझदारी हटाउन केन्द्रीय प्रतिनिधि खटाउने

प्रदेशमा कांग्रेसका आर्थिक मामिलामन्त्रीले प्रस्तुत गरेको बजेटमा पार्टीभित्रैबाट असन्तुष्टी आएपछि केन्द्रीय प्रतिनिधि खटाउन थालिएको हो। 
कांग्रेसले प्रदेश सरकारसँगको असमझदारी हटाउन केन्द्रीय प्रतिनिधि खटाउने

काठमाडौं, जेठ २३ : प्रदेश सरकार सञ्चालन र बजेटमा देखिएका असमझदारीबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउने भएको छ।

कांग्रेस केन्द्रीय समितिको बैठकले उक्त निर्णय लिएको हो। केन्द्रीय प्रतिनिधिलाई १ महिनाभित्रमा प्रतिवेदन बुझाउन म्याण्डेड दिइएको छ। 

Hardik ivf

प्रदेशमा कांग्रेसका आर्थिक मामिलामन्त्रीले प्रस्तुत गरेको बजेटमा पार्टीभित्रैबाट असन्तुष्टी आएपछि केन्द्रीय प्रतिनिधि खटाउन थालिएको हो। 

‘प्रदेश सरकार सञ्चालन सम्बन्धमा भएका गतिविधि र बजेट निर्माणमा देखिएका असमझदारी लगायतका सन्दर्भमा सातै प्रदेशमा पार्टीको प्रदेश कार्यसमिति, प्रदेश संसदीय दलसँग बैठक बसी पार्टीको तर्फबाट आवश्यक छलफल र सहजीकरण गर्न केन्द्रीय कार्यसमितिको तर्फबाट प्रतिनिधि खटाइनेछ,’ निर्णयमा उल्लेख छ। 

प्रकाशित मिति: १४:४१ बजे, मंगलबार, असार २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्