Kathmandu Press

सर्वोच्चका नवनियुक्त तीन न्यायधीशले लिए शपथ

नवनियुक्त न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबाट पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन्।
सर्वोच्चका नवनियुक्त तीन न्यायधीशले लिए शपथ

काठमाडौं, असार २४ : सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएक छन्।

नवनियुक्त न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबाट पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन्।

सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिस गरेका उनीहरुको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेलगत्तै सोमबार साँझ नै राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई  न्यायाधीश नियुक्त गरेका थिए।

शपथ लगत्तै उनीहरुको आजै इजलास तोकिएको छ।

प्रकाशित मिति: १३:०१ बजे, मंगलबार, असार २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्