रसुवामा बाढी पहिरो : बेपत्ता हुनेको संख्या १८ पुग्यो
जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
काठमाडौं, असार २४ : चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ । जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बेपत्ता हुनेको संख्या १८ पुगेको छ तर बेपत्ता हुनेको नाम नआएको र सुरक्षाकर्मीले बेपत्ताको खोजी र उद्धारकार्य जारी राखेको प्रहरीले जनाएको छ ।
चारजना चिनियाँ कामदारसहित १८ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा प्रहरी पनि छन् ।
प्रकाशित मिति: ०८:४८ बजे, मंगलबार, असार २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार