जनकपुर जयनगर रेलमा ठोक्किएर एक जनाको मृत्यु
मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषा, आसर २३ : जनकपुरधाम जयनगर रेलमा ठोक्किएर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
सोमबार दिउँसो १२ः ३० बजेको समयमा धनुषाको औरही गाउँपालिका–२ देउरी प्रवाहास्थित रहेको रेलको लिकमा ठक्कर लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।
जनकपुरधामबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट मृत्यु भएका साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रकाशित मिति: २१:१५ बजे, सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार