Kathmandu Press

युनुस अन्सारीसँग अदालतले माग्यो १५ लाख धरौटी 

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। 
युनुस अन्सारीसँग अदालतले माग्यो १५ लाख धरौटी 

काठमाडौं, जेठ २३ : सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई अदालतले १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश बलराम लम्सालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। 

अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो। 

अन्सारी नक्कली भारु प्रकरणमा गत १० जेठमा सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुट्ने वित्तिकै पुनः पक्राउ परेका थिए। 

अदालतले मागेको धरौटी रकम बुझाउन नसकेपछि अन्सारी थुनामै गएका छन्। 

प्रकाशित मिति: १९:२७ बजे, सोमबार, असार २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्