Kathmandu Press

‘कुलिङ पिरियड’ गडवडी प्रकरणमा छानबिन विशेष समितिको टुंगो

कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती, नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने गरी टुंगो लागेको हो।
‘कुलिङ पिरियड’ गडवडी प्रकरणमा छानबिन विशेष समितिको टुंगो

काठमाडौं, असार २३ : संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ को व्यवस्था गडवडी प्रकरणमा छानबिन गर्ने विशेष समितिका सदस्यहरुको टुंगो लागेको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबाट २/२ तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सदस्य रहने गरी समिति तय भएको छ। 

उक्त समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती, नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने गरी टुंगो लागेको हो।

विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिए पनि प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ पिरियडमा खेलोफड्को गरिएको भन्दै चौतर्फी विरोध भएपछि समिति बनाइएको हो। 

प्रकाशित मिति: १४:५५ बजे, सोमबार, असार २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्