असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ : गोकुल बाँस्कोटा
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति नेपालमा हुने गरेको बताएका हुन्।
काठमाडौं, असार २३ : नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति नेपालमा हुने गरेको बताएका हुन्।
‘कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर। यहाँ एउटा अभिषप्त इतिहास र नियती दोहोरिन्छ। असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ,’ उनले भने, ‘भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रवन्ध गरियोस्।’
साथै उनले तत्काल मलको प्रवन्ध गर्न समेत आग्रह गरे।
प्रकाशित मिति: १५:०७ बजे, सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











