Kathmandu Press

बाढी प्रभावित अमेरिकाको टेक्सासमा ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता

स्थानीय बासिन्दा र अधिकारीहरू विनाशकारी बाढीको प्रभावसँग जुधिरहेका छन्। प्रभावित क्षेत्रमा रूखहरू उखेलिएका, भग्नावशेष र हिलोले भरिएको देखिन्छ।
बाढी प्रभावित अमेरिकाको टेक्सासमा ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता

एजेन्सी, असार २३ : दक्षिण–मध्य अमेरिकी राज्य टेक्सास शुक्रबार बिहान आएको भीषण बाढीबाट प्रभावित भएको छ। जसमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बेपत्ता छन्।

यस क्षेत्रका २० प्रभावित काउन्टीहरूमध्ये सबैभन्दा बढी प्रभावित केर काउन्टीमा मात्र कम्तीमा ६८ जनाको मृत्यु भएको छ। जसमा २१ बालबालिका परेका छन्। 

Hardik ivf

स्थानीय बासिन्दा र अधिकारीहरू विनाशकारी बाढीको प्रभावसँग जुधिरहेका छन्। प्रभावित क्षेत्रमा रूखहरू उखेलिएका, भग्नावशेष र हिलोले भरिएको देखिन्छ।

सडक चिन्हहरू पूर्ण रूपमा मेटिएका छन् भने बाढीको तीव्र गतिले धेरै सवारी साधनहरू सडकको छेउमा अडिएका छन्। तिनीहरूका झ्यालहरू फुटेका छन् र फ्रेमहरू बङ्गिएका छन्।

घातक बाढीले यस क्षेत्रका धेरै घरहरूलाई क्षति पु¥याएको छ र प्रभावित क्षेत्रलाई घेरिएको छ । उद्धार र राहतका कार्यक्रमहरु जारी राखिएको छ।
 

प्रकाशित मिति: १५:०० बजे, सोमबार, असार २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्