Kathmandu Press

राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार

रास्वपा सांसद मनिष झा र राप्रपा सांसद दिपकबहादुर सिंहले भिटिज भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद बहिष्कार गर्ने बताए।
राप्रपा र रास्वपाले गरे संसद् बैठक बहिष्कार

काठमाडौं, असार २३ : प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद बैठक बहिष्कार गरेका छन्।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएको भन्दै दुवै दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका हुन्।

रास्वपा सांसद मनिष झा र राप्रपा सांसद दिपकबहादुर सिंहले भिटिज भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद बहिष्कार गर्ने बताए।

बैठक सुरू हुनेवित्तिकै उनीहरूले अवरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले पहिला रास्वपा सांसद झा र त्यसपछि राप्रपा सांसद सिंहलाई बोल्न समय दिएका थिए । उनीहरूले जतिसक्दो चाँडो छानबिन समिति गठनको माग गरे।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि संसदमा विरोध गर्दै आएको छ। 

प्रकाशित मिति: १४:४७ बजे, सोमबार, असार २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्