‘जुन दलका नेता विवादमा आएको हो, संसदीय समितिको नेतृत्व सोही दलले नगर्ने समझदारी कहाँ गयो?’
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसाजस्तो मानव तस्करीको विषयमा संसद अवरोध जारी रहँदा संसदीय समिति नबने पनि ‘कुलिङ पिरियड’को नयाँ कथा आएकाले संसदीय समिति बन्न लागेको बताए।
काठमाडौं, असार २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जुन दलका नेतामाथि विवाद उठेको हो त्यसका विषयमा छानबिन हुँदा संसदीय समितिको नेतृत्व त्यही दलले नगर्ने समझदारी कहाँ गयो भन्दै प्रश्न उठाएका छन्।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसाजस्तो मानव तस्करीको विषयमा संसद अवरोध जारी रहँदा संसदीय समिति नबने पनि ‘कुलिङ पिरियड’को नयाँ कथा आएकाले संसदीय समिति बन्न लागेको बताए।
‘भिजिट भिषामार्फत भइरहेको मानव तस्करी जस्तो त्यो आन्दोलनमा हामी यथावत रहेकै बेलामा संसदीय अभ्यासमा एउटा कलंकित कथा बुनियो। त्यो हो कुलिङ पिरियडको बारेमा। सदनमा रोष्टमबाट सम्बन्धित समितिका सभापतिले प्रस्ताव गर्नुभएको भन्दा निकै फरक काम भएको छ,’ उनले भने, ‘जुन मुद्दा सबैभन्दा गम्भीर र महत्वपूर्ण थियो । त्यही मुद्दामा छेडखानी भएर यहाँ फरक भएर आयो र पास भयो। जुन दलका नेतामाथि विवाद उठेको हो, त्यसका विषयमा छानबिन हुँदा संसदीय समितिको नेतृत्व त्यही दलले नगर्ने समझदारी कहाँ गयो?’
सांसद झाले उनले मानव तस्करी जस्तो संगठित अपराध सम्बन्धि आफूहरुको आन्दोलन जारी नै रहेको बताए।
‘प्रतिपक्षको तर्फबाट केही नेताहरुले सरकार ढल्छ ढल्दैछ भन्दैगर्दा मैले केही महिना अगाडि सदनमा भनेको थिए की यो सरकार नढलोस्। किनकी कति गिर्छ भन्ने कुरा हेर्न बाँकी छ,’ उनले भने, ‘त्यो क्रममा भिजिट भिषामार्फत भइरहेको मानव तस्करी जस्तो संगठित अपराध सम्बन्धि हाम्रो आन्दोलन जारी नै छ।’











