Kathmandu Press

स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा बन्द 

उपभोक्ता अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिको फैसला गरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। 
स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा बन्द 

काठमाडौं, जेठ २३ : नेपाल चिकित्सक संघको आह्वानमा सोमबार मुलुकभरका स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएका छन्। 

उपभोक्ता अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिको फैसला गरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। 

अदालतको फैसलाविरुद्ध संघले चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको छ। संघले सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। 

मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउने कार्यक्रम तय गरेका छन् । अस्पतालका सेवा वन्द हुँदा विरामीहरु अलपत्र परेका छन्। 
 
प्रकाशित मिति: १४:३९ बजे, सोमबार, असार २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्