Kathmandu Press

प्रस्तावित न्यायाधीशहरूको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम अनुमोदन गरेको हो। 
प्रस्तावित न्यायाधीशहरूको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन

काठमाडौं, जेठ २३ : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ।

संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम अनुमोदन गरेको हो। 

समितिले न्याय परिषद् सदस्यमा प्रधानमन्त्री केपी ओलीद्वारा सिफारिस गरिएका वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम समेत अनुमोदन गरेको छ। 

यसैगरी नेकपा माओवादी केन्द्रले भने बैठक नै बहिष्कार गरेको थियो। व्यक्तिका नाममा आपत्ति नभएपनि समावेशी हुनुपर्ने माग माओवादीको थियो।

माओवादी सांसद जनार्दन शर्माले सिफारिस गर्दा न्याय परिषद्बाट गरिएको सिफारिस समावेशिताको मूल्यलाई एकदमै उल्लंघन गरिएको बताए।

‘सिफारिस गर्दा न्याय परिषद्बाट गरिएको सिफारिस समावेशिताको मूल्यलाई एकदमै उल्लंघन गरिएको छ। योग्यता पुगेका पात्र हुँदाहुँदै एउटा कोटा खाली गरेर सिफारिस गरिएन,’ उनले भने, ‘यसरी एउटा उत्पीडित समुदायबाट आउन सक्ने व्यक्तिहरु आउन सक्नु भएन। एउटा दलित समुदायबाट प्रतिनिधित्वको राम्रो सम्भावना थियो तर त्यस्तो व्यक्तिलाई सिफारिस नगरी प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ।’
 

प्रकाशित मिति: १३:०२ बजे, सोमबार, असार २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्