Kathmandu Press

नेपाली महिला फुटबल टिम फर्कियो

नेपाली टिमलाई त्रिभवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका थिए। 
नेपाली महिला फुटबल टिम फर्कियो

काठमाडाैं, असार २३ : एसियन कपको छनोट खेलेर नेपाली महिला फुटबल टिम स्वदेश फर्किएको छ। 

उज्बेकिस्तानमा भएको छनोटको अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ले पराजित भएपछि नेपाल एसियन कपमा पुगन असफल भएको थियो।

Hardik ivf

नेपाली टिमलाई त्रिभवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका थिए। 

स्वागत गर्दै एन्फाका महासचिव किरण राईले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्केको बताए। 

यस्तै कप्तान सावित्रा भण्डारी साम्बाले अवसरलाई सही तरिकाले सदुपयोग गरेको बताइन्। उनले खेलमा प्रशिक्षकले पनि फरक तरिकाले मोटिभेट गरेको बताए।

प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने नेपाली टोलीसँग फर्किएका छैनन्। उनी उतैबाट बेल्जियम गएको एन्फाले जनाएको छ।

प्रकाशित मिति: १२:३० बजे, सोमबार, असार २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्