पोखराको गण्डकी टेक्निकल इन्सिच्युटमा ब्युटी एन्ड कस्मेटोलोजीको पढाई हुने
सरकारले नेपालमा हाल संचालित ब्युटी पार्लर एवं कस्मेटिक (सौन्दर्य) पेशालाई मर्यादित एवं समय अनुसार बिश्व बजार सङ प्रतिस्पर्धी बनाउनको लागि ३ बर्शे डिप्लोमा तहको कोर्स डिजाइन गरेर पहिलोपटक संचालन गरेको हो ।
पोखरा, असार २३ : सिटिइभिटी अन्तर्गत नेपालको एक मात्रै निजी शिक्षण सस्था अन्तर्गत पढाई हुने डिप्लोमा तहको ब्युटी एन्ड कस्मेटोलोजि कोर्स पोखराको औद्योगिक क्षेत्रमा रहेको गण्डकी टेक्निकल ईन्स्टिच्युट प्रा.लि.मा पढाई हुने भएको छ ।
सरकारले नेपालमा हाल संचालित ब्युटी पार्लर एवं कस्मेटिक (सौन्दर्य) पेशालाई मर्यादित एवं समय अनुसार बिश्व बजार सङ प्रतिस्पर्धी बनाउनको लागि ३ बर्शे डिप्लोमा तहको कोर्स डिजाइन गरेर पहिलोपटक संचालन गरेको हो । बिदेशमा राम्रो पारिश्रमिक सहित उच्च माग रहेको यो तहको जनशक्ति नेपालमा हाल सम्म छैन ।
नेपालमा हाल (जुलाई २०२५ सम्म) लगभग ३,१०९ वटा ब्युटी पार्लर (beauty salons) छन्, जसमा राजधानी काठमाडौंमा मात्र करिब ८७६ स्थान धेरै सघन रूपमा रहेका छन् । यदि ब्युटी पार्लर र कस्मेटिक पसल सबै सामेल गर्ने हो भने, "Beauty & Personal Care" मा कुल ४८२ वटा कम्पनी/व्यापारिक प्रतिष्ठानहरू छन् । विभिन्न तथ्याङक अनुसार, देशभरमा करिब ४ लाख (४००,०००) जना ब्युटी व्यवसायी रोजगारमा लागेका छन् र तीमध्ये लगभग ९० % महिला छन् ।
त्यस्तै, लगभग २००,००० वटा ब्युटी इन्स्टिच्युट दर्ता भइसकेका छन् । यी मध्य ९९% तिन महिनाको (लेभल-१) र छ महिनाको (लेभल-२) तालिम प्राप्त ब्यक्ति द्वारा संचालित छ्न । जुन विश्व बजार अनुसारको मापदण्ड अनुरुप छैनन् । त्यसैले सरकारले बिस्तारै यस्लाइ थप कडाइ गर्दै लैजाने र नेपाल लगाएर दोस्रो तेस्रो मुलुकमा अत्याधिक सम्भावना बोकेको यो क्षेत्रलाई ब्यबस्थित बनाउन र नियमन गर्नको लागि यो कोर्स लाई अगाडि सारेको बुझिन्छ ।
बिस्तारै केही जनशक्ति तयार भएपछि कुनै पनि कस्मेटिक एवं सौन्दर्य सम्बन्धि पसल खोल्न वा पसलमा कार्य गर्नको लागि यस्को लाइसेन्स अनिवार्य गर्ने तयारी गरेको बुझिन्छ । गण्डकी टेक्निकल ईन्स्टिच्युटका अध्यक्ष ध्रुब शर्माको अनुसार गत साल देखि सुरु भएको यो कार्यक्रममा देशैभरी बाट यो कोर्सको बारेमा चासो बढेको र विद्यार्थीहरुले पढ्न फारम भरेको बताए ।
गण्डकी टेक्निकल ईन्स्टिच्युटमा CTEVT अन्तर्गत हाल Beauty & Cosmetology को साथै डिप्लोमा तहको ३ बर्षे कार्यक्रम अन्तर्गत सामन्य चिकित्सा(HA), फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी(CMLT) र १८ महिने भेटनरी जेटिए (V-JTA) कोर्सको पढाई हुदै आएको छ ।
