लमजुङमा भारी वर्षा, सतर्क रहन आग्रह
भारी वर्षा हुँदा खुदी खोला, खुदी बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौं, असार २३ : लमजुङमा भारी वर्षा भएको छ ।
भारी वर्षा हुँदा खुदी खोला, खुदी बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय आसपासका क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।
प्रकाशित मिति: ०७:५४ बजे, सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार