Kathmandu Press

दुईवटा संसदीय समितिको बैठक बस्दै

सोमबार संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे सार्वजनिक लेखा समितिको बैठक कक्षमा सिंहदरबारमा बस्दै छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
दुईवटा संसदीय समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, असार २३ : संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् । 

सोमबार संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजे सार्वजनिक लेखा समितिको बैठक कक्षमा सिंहदरबारमा बस्दै छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)  विधेयक– २०८१ माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।

प्रकाशित मिति: ०७:५० बजे, सोमबार, असार २३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्