Kathmandu Press

कांग्रेस अनुशासन समितिमा नेताविरुद्ध १९ वटा उजुरी 

ढुंगानाले बैठकमा भने अनुसार ११ जना केन्द्रीय सदस्य, १ जना प्रदेशसभापति र ७ जना जिल्ला सभापतिविरुद्ध अनुशासनसम्बन्धी कारबाहीको उजुरी परेको हो।
कांग्रेस अनुशासन समितिमा नेताविरुद्ध १९ वटा उजुरी 

काठमाडौं, असार २२ : नेपाली कांग्रेसका केही केन्द्रीय कार्यसमिति सदस्य, जिल्ला सभापति र प्रदेशसभापतिसहित १९ जना विरुद्ध अनुशासनको उल्लंघनको उजुरी दर्ता भएको छ। 

अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले केन्द्रीय कार्यसमिति बैठकमा १९ जनाविरुद्ध अनुशासन उल्लंघनको उजुरी परेको जानकारी गराएका हुन्। 

Hardik ivf

ढुंगानाका अनुसार अधिकांशको उजुरी आम निर्वाचन, स्थानीय तह, प्रदेश र पार्टीको निर्वाचनमा अन्तर्घात गरेको उल्लेख रहेको जानकारी ढुंगानाले बैठकमा दिए। 

ढुंगानाले बैठकमा भने अनुसार ११ जना केन्द्रीय सदस्य, १ जना प्रदेशसभापति र ७ जना जिल्ला सभापतिविरुद्ध अनुशासनसम्बन्धी कारबाहीको उजुरी परेको हो। अहिले उजुरीमाथि छानबिनको काम जारी रहेको छ। 

कांग्रेस बैठकमा बोल्ने नेताहरूले अनुशासन समितिको भूमिकाप्रति प्रश्न उठाएपछि संयोजक ढुंगानाले जवाफ दिनेक्रममा उजुरीबारे जानकारी गराएका हुन्। उनले नेताहरूलाई स्पष्टीकरण सोध्ने र प्रमाणको आधारमा कारबाही गरिने बताए। 
 

प्रकाशित मिति: १९:११ बजे, आइतबार, असार २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्