Kathmandu Press

राष्ट्रपतिले गरे राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन

उनलाई पुरातत्त्व  विभागका  महानिर्देशक  सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए।
राष्ट्रपतिले गरे राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन

काठमाडौं, असार २२ : राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय  र नेपाली सेनाको सैनिक  संग्रहालयको आइतबार अवलोकन गरेका छन्। 

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गरेका हुन्। 

Hardik ivf

उनलाई पुरातत्त्व  विभागका  महानिर्देशक  सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए।

यसैगरी नेपाली सेनाको सैनिक  संग्रहालयमा पुग्दा  नेपाली सेनाका बलाधिकृत   निर्मलकुमार थापाले स्वागत गरेका थिए। सैनिक संग्राहलयमा संग्रहलय प्रमुख प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराएका थिए। 

त्यस्तै राष्ट्रिय संग्राहलयमा प्रमुख नकर्मीले संग्रहालयका बारेमा जानकारी गराएका थिए।

Photo-(1)-(61)-1751807954.jpg

Photo-(5)-(12)-1751807950.jpg

प्रकाशित मिति: १९:०६ बजे, आइतबार, असार २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्