Kathmandu Press

शिक्षा विधेयकमा सहमति जुटाउन पाँच दिनको म्याद 

आइतबार बसेको समितिको बैठकमा समितिका सभाति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र विधेयकमा सहमति जुटाउन समय दिएका हुन्। 
शिक्षा विधेयकमा सहमति जुटाउन पाँच दिनको म्याद 

काठमाडौं, असार २२ : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन पाँच दिनको समय दिएको छ। 

आइतबार बसेको समितिको बैठकमा समितिका सभाति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र विधेयकमा सहमति जुटाउन समय दिएका हुन्। 

Hardik ivf

शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन समिति समक्ष आग्रह गरेका थिए । समितिका सदस्यहरूले नै पटकपटक समय दिन नहुने बताएका थिए। 

सबै सदस्यले धारणा राखिसकेपछि सभापति थापाले सहमती जुटाउन पाँच दिनको समय दिएका हुन्।

मन्त्री पन्तले भने समय सीमा नतोक्न आग्रह गरेका थिए। 

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, असार २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्