Kathmandu Press

खाडीको भ्रमणमा रहेका कुलमानले भन्छन्– म कुनै पार्टीको झन्डा लिएर आएको होइन्

‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौं। यो अभियान अरु देशमा पनि पुग्नेछ,’ उनले भने, ‘तपाईहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढनेछ।’ 
खाडीको भ्रमणमा रहेका कुलमानले भन्छन्– म कुनै पार्टीको झन्डा लिएर आएको होइन्

काठमाडौँ, असार २२ : मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रबाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन्। 

उनले बहराइनबाट उज्यालो अभियान सुरु गर्ने घोषणा पनि गरे। बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन्।

Hardik ivf

नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए। 

‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन। म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन। म सरकारी कर्मचारी वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने, ‘एउटा जिम्मेवार नागरिक भएको हिसावले तपाईहरुसँग हातमा हात मिलाउन, साथमा साथ मिलाउन र तपाईहरुको संकल्पलाई अभियानको रुपमा अगाडि बढाउन आएको हुँ।’

उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए । ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौं। यो अभियान अरु देशमा पनि पुग्नेछ,’ उनले भने, ‘तपाईहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढनेछ।’ 

घिसिङले आफ्नो अभियान बारे थप बताएनन्, तर हालै समाचार एजेन्सी, नेपाल न्युज बैंकसंग कुरा गर्दै उनले  सबै जनताको मुहारलाई उज्यालो गराउनुपर्ने बताएका थिए। 
 
 

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, असार २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्