Kathmandu Press

नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा २७ नक्षत्रका विरुवा सहित वृक्षारोपण 

धार्मिक भाव, पर्यावरणीय चेतना र सांस्कृतिक पुनर्जागरणको अद्भुत संगम बनेको यस अवसरमा २७ वटै नक्षत्रसँग सम्बन्धित बिरुवा विधिपूर्वक पूजा गरी रोपिएको हो ।
नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा २७ नक्षत्रका विरुवा सहित वृक्षारोपण 

स्याङ्जा, असार २२ : हरिशयनी एकादशीको अवसरमा नेपालकै पहिलो नवग्रह मन्दिर तथा पञ्चकन्या मन्दिर परिसरमा नक्षत्र वाटिकाको स्थापना गर्ने उद्देश्यले विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

धार्मिक भाव, पर्यावरणीय चेतना र सांस्कृतिक पुनर्जागरणको अद्भुत संगम बनेको यस अवसरमा २७ वटै नक्षत्रसँग सम्बन्धित बिरुवा विधिपूर्वक पूजा गरी रोपिएको हो ।

Hardik ivf

कार्यक्रम नवग्रह मन्दिर व्यवस्थापन समिति र पञ्चकन्या मन्दिर व्यवस्थापन समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो। पिपल, तुलसी लगायतका पवित्र वनस्पतिहरू पनि यो अवसरमा रोपिएका हुन्।

विशेष गरी १०८ पिपल रोप्ने संकल्पअनुसार केही पिपल विरुवाको सङ्ख्या अझै अपुग रहेकोले, आगामी एकादशीमा थप वृक्षारोपण गरिने पञ्चकन्या मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामु विष्ट क्षेत्रीले जानकारी दिए । 

वृक्षारोपण कार्यलाई नक्षत्रको दिशानिर्देश अनुसार विधिपूर्वक पूजा–विधान सम्पन्न गरी सम्पादन गरिएको थियो। उपस्थित श्रद्धालु, साधक, समितिका पदाधिकारी तथा भक्तजनहरूको सहभागितामा पवित्रता, शुद्धता र संस्कारको अभूतपूर्व झल्को देखिएको थियो।

नवग्रह मन्दिर व्यवस्थापन समितिका सचिव लाल बहादुर क्षेत्रीले आगामी योजनाका बारेमा जानकारी दिँदै नक्षत्र वाटिका पछि हामी राशि वाटिका र नवग्रह वाटिका पनि क्रमशः निर्माण गर्ने र उक्त स्थानलाई नेपालकै नमुना धार्मिक–प्राकृतिक अध्ययनस्थलको रूपमा विकसित गर्ने हाम्रो योजना रहेको बताए ।
 

प्रकाशित मिति: १७:१९ बजे, आइतबार, असार २२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्